ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य मन्त्रालयमा नयाँ प्रवक्ता तोकियो

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार १६:५१:१९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिएको छ । स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारी सहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए । यस अघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए ।

स्वास्थ्य मन्त्रालयले यस अघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सरु हुनु अघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top