ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप २ सय १३ जनामा कोरोना, संक्रमितको संख्या ३४ सय ४८ पुग्यो 

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार १६:४३:०२ मा प्रकाशित

काठमाडौं । आइतवार देशभर थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन् । यस सँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । देवकोटाका अनुसार पछिल्लो पटक १ सय २ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । 

हालसम्म देश भरका ७१ जिल्लामा कोरोना फैलिएको छ । क्वारेन्टाइनमा पनि एक लाख भन्दा धेरै मानिसहरु रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top