ट्रेण्डिङ

होमपेज / समाज

थप ५४ जनामा कोरोना, कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुग्यो 

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार १६:३६:४२ मा प्रकाशित

सुर्खेत । आइतबार कर्णालीमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जना गरी ५४ जना संक्रमण देखिएको हो ।

यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ । थपिएका मध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालीकोटका ३÷३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top