ट्रेण्डिङ

होमपेज / समाज

दाङका १० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार १२:५०:१६ मा प्रकाशित

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । केहीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि र केहीलाई लक्षण नै नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो ।

मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना कोरोनालाई जित्दै घर फर्किएका हुन् ।

डा. शर्माका अनुसार बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । 
यस्तै पाँच जनालाई अस्पतालमा राखेको २२ दिनसम्म पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top