होमपेज / समाज
काठमाडौं । कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय आइतबार (भोलि) देखि खुल्ने भएको छ । दुई महिना भन्दा लामो समय पछि खुल्न लागेका हो । ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोतर भूमिसुधार शाखाले सूचना निकालेको छ ।