होमपेज / समाज
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट शनिबार २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण सुदुरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको डोल्पामा एक÷एक जनाको मृत्यु भएको हो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
उनि जेठ १८ गते नेपालगञ्ज(सुर्खेत(जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।