ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका १ सय सहित थप ३ सय २३ मा कोरोना

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार १७:३७:५८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टनमा नेपालमा ३ सय २३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कर्णाली सबै भन्दा बढि १ सय सहित कुल ३ सय २३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो संगै मुलुकमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । 

नयाँ संक्रमित हुनेहरुमा दैलेखका ४७, डोल्पाका १, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८ जना रहेका छन् ।  यस्तै मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १ जना नयाँ थपिएका छन् । 

यस्तै अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top