ट्रेण्डिङ

होमपेज / समाज

केहि दिन अघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना पुष्टि, मृतककाे संख्या १२ पुग्याे

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार १३:५७:०२ मा प्रकाशित

डोल्पा । केहि दिन अघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना पुष्टि देखिएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका–३, का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुषलाई घरमै राखिएको थियो । लामो समय देखि दमका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए ।

यो संगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको पञ्चपुरी नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । याे संगै नेपालभर काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ । 

press release 

प्रतिक्रिया

सम्बन्धित खवर

Top