ट्रेण्डिङ

होमपेज / समाज

भरतपुर अस्पतालमा एक युवकको मृत्यु, स्वाब परीक्षण गरिँदै 

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार १३:२३:०१ मा प्रकाशित

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । भारतबाट आएका ति युवकको अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले जानकारी दिए । 

‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो । तर स्थिति थप नाजुक भएपछि उहाँको साढे १० बजे मृत्यु भयो,’ उनले भने।
ती युवक चितवन माडीका हुन् । उनी दश दिन अघि भारतबाट फर्केको खुलेको छ । उनी उपचारका लागि नयाँदिल्ली गएर फर्केका थिए ।
परिवारले दिएको जानकारी अनुसार ती युवक मेरुदण्डको हड्डी भाँच्चिएपछि आठ महिना अघि उपचार गर्न दिल्ली पुगेका थिए ।

हालै भारतबाट फर्किएपछि उनलाई माडीकै क्वारेन्टिनमा राखिएको थियो । ज्वरो देखिएपछि उनलाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top