होमपेज / समाज
काठमाडौं । हरेक बर्ष अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।
हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रम अन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ । यस अघि डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।