ट्रेण्डिङ

होमपेज / समाज

बाजुराको क्वारेन्टिनमा एक जनाको मृत्यु 

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार १२:४८:५९ मा प्रकाशित

बाजुरा । बाजुराको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’ उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top