ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक स्थानमा जाँदा कपडाको भए पनि मास्क लगाउनु – डब्ल्यूएचओ

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार ०८:४६:२९ मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन सल्लाह दिएको छ । यस अघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको हो । डब्ल्यूएचओले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गर्दा यस्तो भनेको हो । 

यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यतिबेला डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top