होमपेज / समाज
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । शुक्रबार एकै दिन २ सय ७८ जना संक्रमित थपिए संगै यो संख्या २९ सय पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन ्। मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा ११ जना महिला र अन्य पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जना, किट पतंग परीक्षण केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा कोरोना देखिएको छ ।
कोशी अञ्चल अस्पतालमा २ जना, बीपी प्रतिष्ठान धरानमा १९ जना, धनगढीको सेती अस्पतालमा ११ जना, धुलिखेलमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण देखिएको हो । यस्तै कोशी अस्पतालमा १० जनामा संक्रमण देखिएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ३ जना, राप्ती विज्ञान प्रतिष्ठान दाङमा २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।