होमपेज / समाज
सुर्खेत । कर्णालीमा थप १ सय जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञाप प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप १ सय जनामा कोरोना देखिएको हो । कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र प्रदेश अस्पताल सुर्खेतमा ३ जनामा नयाँ संक्रमण देखिएको हो ।
संक्रमित मध्ये अधिकांश दैलेखमा रहेका छन् । दैलेखमा ९१ जनामा कोरोना देखिएको छ । दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यस्तै जुम्लामा ३ जना, हुम्ला, दोलखा, रामेछाप र गोरखा, सुर्खेत र जाजरकोटमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।
