ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

नेपालगाथा २०७७ जेठ २३ गते शुक्रबार १४:३४:०४ मा प्रकाशित

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले जानकारी दिएका छन् । उनका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।

बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पु¥याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टिन स्थलमा सात जना बस्दै आएको वडाध्यक्ष नरजितले बताए ।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्ध दमको रोगी रहेको र लामो समय देखि औषधि पनि सेवन गर्दै आएको बताएका छन् । उनले कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले स्वाब संकलन गरेर लगिसकेको उनको भनाई छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top