ट्रेण्डिङ

होमपेज / समाज

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन गरिने 

नेपालगाथा २०७७ जेठ २३ गते शुक्रबार १२:१९:३८ मा प्रकाशित

काठमाडौं । जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजाहरीस्थित सोतीमा भएको  घटनाको छानविनका लागि संसदीय समिति बन्ने भएको छ । 

शुक्रबार संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेर संसदीय छानविन गर्ने बताएका हुन् ।

कांग्रेसकी समेतक पुष्पा भुषाले रुकुमको घटना छानविन गर्न तत्कालै संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद चल्न नदिने बताएकी थिइन् । सभामुखले नियमवाली २०७५ बमोजिम संसदीय समिति गठन गरिने बताएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top