ट्रेण्डिङ

होमपेज / समाज

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार गरिदै 

नेपालगाथा २०७७ जेठ २३ गते शुक्रबार ०७:५९:०२ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण रोजगारी गुमेपछि अलपत्र तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । खाडी मुलुक तथा अन्य विभिन्न देशका नागरिकको उद्धारको काम सुरु गर्न लागेको हो । 

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ । यूएईले २ सय ५० र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो । उनीहरू आज काठमाडौं आइपुग्ने बताइएको छ । 

फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन । ती मुलुकमा अलपत्र परेका मध्ये साढे २ सय भन्दा बढी नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन् । यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिना अघि नै सरकारलाई पत्राचार गरेको थियो । म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जानकारी दिए । 

म्यानमारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए । नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यानमारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो । म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

यूएईबाट नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यानमार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top