ट्रेण्डिङ

होमपेज / समाज

आज विश्व वातावरण दिवस 

नेपालगाथा २०७७ जेठ २३ गते शुक्रबार ०७:४०:४९ मा प्रकाशित

काठमाडौ । संयुक्त राष्ट्रद्वारा घोषित विश्व वातावरण दिवस अाज मनाइदै छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइदै आएको छ । 

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन  ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो । यसै बिच, प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्वपूर्ण योगदान रहेको बताएका छन । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महìवपूर्ण योगदान पुर्याउने समेत स्पष्ट पारेका छन् । 

‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महत्वपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–उनले सन्देशमा भनेका छन् ।

हालै कार्यान्वयनमा ल्याइएका पन्ध्रौं योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top