ट्रेण्डिङ

होमपेज / समाज

आफै उत्पादन गरेर मप नेविसंघद्वारा क्वारेन्टिनमा रहेकालाई सेनिटाइजर वितरण

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार १८:४७:४३ मा प्रकाशित

सुर्खेत । आफैले उत्पादन गरेर मध्यपश्चिमाञ्चल विश्वविद्यालय नेपाल विद्यार्थी संघले वीरेन्द्रनगरका विभिन्न क्वारेन्टिनमा बसेकाहरुलाई सेनिटाइजर वितरण गरेको छ । मप विश्वविद्यालयका विद्यार्थी नेता तथा फार्मेसिस्ट दिपेन्द्र कोइराला तथा अन्य रोसन बस्नेत, राकेश यादव, सविन चालिसे, रामचन्द्र भण्डारी, शिवराज शर्मा, विवेक खड्का लगायतको टाेलीले सेनिटाइजर उत्पादन गरी वितरण गरिएको हो । 

झण्डै ३ दिन लगाएर उत्पादन गरिएको सेनिटाइनर बिहीबार नगरपालिका संगको सहकार्यमा क्वारेन्टिन स्थलमै पुगेर वितरण गरिएको हो । संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस, विज्ञान संकाय तथा अन्य विद्यालयहरु शिव माध्यामिक विद्यालय, जन नमुना उच्च मावी, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, सुर्खेत क्याम्पस शिक्षा मैत्री भवनमा बसेकाहरुलाई वितरण गरिएको हो । 

यस्तै त्रिपुरेश्वर मावि ढोडेखाली, बालमन्द्रिर आधारभूत विद्यालयमा बसेकाहरुलाई मानिसहरुलाई त्यहाँ खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी मार्फत सेनिटाइजर वितरण गरिएको मप विश्वविद्यालय नेविसंघका विद्यार्थी नेता विवेक खड्काले जानकारी दिए । खड्काले सम्पूर्ण विद्यालयहरुमा गरेर २० लिटर सेनिटाइजर वितरण गरिएको बताए ।   

‘३ तिन अघि आफुहरु मध्यपश्चिमाञ्चल विश्वविद्यालयको क्वारेन्टिनमा रहेकालाई सावुन, माक्स, पानी लगायतका सामाग्री वितरण गर्दा सेनिटाइजरको एकदमै अभाव देख्यौ ।’ उनले भने, ‘त्यो देखे पछि केहि स्वास्थ्यकर्मी सहितको हाम्रो टिमले आफैले उत्पादन गरेर दिने निर्णय गरेका थियौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top