ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो 

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार १६:५६:५० मा प्रकाशित

काठमाडौँ । बिहिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिन अघि आएका र क्वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top