होमपेज / समाज
सुर्खेत । अन्य प्रदेशको तुलनामा सबै भन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा अहिले कोरोना तिव्र गतिमा फैलिरहेको छ । कर्णालीमा बुधबार मात्रै १ सय १४ जनामा कोरोना देखिएको छ । जस मध्ये १ सय १३ जना दैलेखका रहेका छन् । भने एक जना मुगुका रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ८९ पुगेको छ । जसमा दैलेखका २ सय १८, सुर्खेतका ६१, सल्यानका ५५, जुम्लाका १९, कालिकोटका २५, मुगुमा २ र अन्य प्रदेशका बाजुराका १, अछामका १० र बझाङका १ जना रहेका छन् ।