ट्रेण्डिङ

होमपेज / समाज

नारायणी अस्पतालका ५ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार १३:३४:४३ मा प्रकाशित

वीरगन्ज । वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत ५ जना कोरोना भाइरस संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । नेपाली सेनाका २ जवानसहित पाँच जना बिहीवार डिस्चार्ज भएका हुन । 

डिस्चार्ज हुनेमा बारामा कार्यरत दुई जना नेपाली सेनाका जवान र पर्साको जिराभवानी गाउँपालिका–४ निवासी २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–५ जेलरोडका २५ वर्षीय पुरुष र वीरगन्ज–१६ का ७० वर्षीय पुरुष छन् ।

पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जनाए । गत जेठ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top