ट्रेण्डिङ

होमपेज / समाज

बागलुङ, पर्वत र स्याङ्जामा गरी थप १६ जनामा कोरोना 

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार ०८:२८:१६ मा प्रकाशित

पाेखरा । गण्डकी प्रदेशमा बागलुङ, पर्वत र स्याङ्जामा गरी थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।

यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top