ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १७:१९:१४ मा प्रकाशित

काठमाडौँ । बुधबार दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भए संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो । उनी आईसीयूमा उपचाररत थिए ।

हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top