होमपेज / समाज
काठमाडाैँ। बुधबार नेपालमा थप २०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमतिको संख्या २३०० पुगेको हो ।
संक्रमित मध्ये २ सय ७८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका हुन । हाल सम्म कोरोनबाट ८ जनाको मृत्यु भएको छ ।