ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका दैलेख, सल्यान र कालिकाेटमा थप १६ जनामा कोरोना

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १५:४५:५९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ७ जना दैलेखका, २ जना सल्यानका र ७ जना सल्यानका रहेका छन् । यो संगै कर्णालीमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिका ३ का १९,२४ बार्षीया पुरुष, दैलेखको नौमुले गाउँपालिका ८ का २५ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परिक्षणमा दैलेखको नारायण नगरपालिका २ का २०,२४,२५,२५,३० जर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष, कालिकोटको महाबै गाउँपालिका २ का २२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै महाबै ४ का ४ महिनाका बालक ,२८ वर्षीय पुरुष, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाताँ गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिाका (२ का २० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top