होमपेज / समाज
सल्यान । सिम्तागाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले आफ्नो एक महिनाको तलब कोरोना राहत कोषमा सहयोग गरेका छन् ।
आफ्नो तलबको एक महिनाको ४० हजार बराबरको चेक सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि मार्फत राहत कोषमा सहयोग गरेका हुन । हमालले यस अघि पनि ५ दिन बराबरको तलब प्रमुख हमालले दिएका छन् ।
विपतमा आफुले आर्थिक संकटलाई न्यूनीकरण गर्नको लागि राहत कोषमा सहयोग गरेको प्रमुख हमालले बताए । साथै उनले कोभिड(१९ का विरुद्ध रातदिन खटिएको बताए । सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष केसिले यस्तो विपत्तिको समयमामा सहयोग गरेकोमा हमाललाई धन्यवाद व्यक्त गरे ।