ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा निषेधाज्ञा जारी

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १२:२०:५६ मा प्रकाशित

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रशासनले बुधबार बिहान ९ बजे देखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ भने निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने प्रशासनले जानकारी गराएको छ । 

जिल्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ । बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top