ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार ०९:०७:४४ मा प्रकाशित

डडेल्धुरा । डडेल्धुराको जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ ।
३० वर्षीया मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए ।
‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’  विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top