ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत उद्योग बाणिज्य संघद्वारा बुधबार देखि व्यावसाय सञ्चालन गर्ने निर्णय 

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १७:५०:५३ मा प्रकाशित

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले बुधबार देखि सुर्खेतका सबै व्यवसाय तथा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै लकडाउनले उद्योग व्यवसाय धरापमा परेको भन्दै सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडेललेद्वारा हस्ताक्षेरीत विज्ञप्तीमा नीयमित तालिका अनुसार व्यापार व्यवसायीहरु संचालन गर्न आग्रह व्यवसायीहरुलाई आग्रह गरिएको छ ।  सरकारले बेला बेलामा लकडाउन बढाए पनि व्यवसायी क्षेत्रलाई बेवास्ता गरेका कारण बाध्य भएर निर्णय गरिएको बताइएको छ । 

‘नीजी क्षेत्रले भोग्नुपरिरहेको कठिनाईलाई पूर्णरुपमा बेवास्ता गर्दै, हालसम्मको हाम्रो सहशीलता र धैर्यतालाई हाम्रो कमजोरी ठानेर सरकारले पटके रुपमा बन्दाबन्दी लम्ब्याउने बाहेक अन्य कुनै प्रभावकारी प्र¥यास नगरेको अवस्थमा विकल्पबिहिन बनाइएको बन्दाबन्दीलाई थप समय थेग्न सक्ने अवस्था र संयमता अब नीजी क्षेत्रमा छैन ।’ विज्ञप्तीमा भनिएको छ । ‘दुई महिना लामो बन्दीका कारण धराशायी हुने अवस्थमा पुगेको नीजी क्षेत्रलाई राहत दिन सरकारले बजेटमार्फत सहुलियत प्याकेजको घोषणा गर्छ की भन्ने निजी क्षेत्रको अपेक्षालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरिदिएको छ ।’ 

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले व्यवसायीको दैनिकी व्यवसायबाट नै चल्ने थाहा हुँदा हुदै पनि नेपाल सरकारले व्यवसायीहरुलाई बेवास्ता गरेको र निजि क्षेत्र बिकल्प बिहिन भएकाले लकडाउकै कारण सुर्खेतका बस्तुगत लगायतका अन्य व्यवसायीहरु चरम पीडामा रहेको हुदा आफुहरुले सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राखेर बजार खुलाने निर्णय गरेको बताए । 

महासचिव लक्ष्मण कंडेलले कर्णाली प्रदेश सरकार, प्रशासन र सम्वन्धित निकायमा पटक पटक हाम्रा समस्याहरु राख्दा पनि समाधान नभएकाले र व्यवसायीका सामग्री पसलमैं सड्ने अवस्था आएकाले यस्तो निर्णय गर्नुपरेको बताए । 

निर्णय अनुसार सम्पूर्ण पसलहरु बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म खोलीने छ भने त्यसबाहेकका अत्याआवश्यक फलफुल, तरकारी, डेरी, ग्यांस पसहरु भने बिहान ५ बजेदेखि ९ बजे सम्म र सांझ ५ बजेदेखि ८ बजेसम्म खोलिने जानकारी दिइएको छ । शनिबार भने भने सम्पुर्ण पसलहरु बन्द रहने बताइएको छ । 

प्रेस विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

Top