ट्रेण्डिङ

होमपेज / समाज

लोकसेवाको अन्तर्वार्ता दिन कोरोना परीक्षण अनिवार्य

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १७:०८:०० मा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले अन्तर्वार्ता दिन कोरोना परीक्षण अनिवार्य गरेको छ । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ ।

आयोगले उपत्यका बाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यका बाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर

परीक्षण गराएर बुझाउन भनेको हो ।
परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने बताएको छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top