ट्रेण्डिङ

होमपेज / समाज

थप २ सय ८८ जना कोरोना, संक्रमितको संख्या २ हजार ९९ पुग्यो 

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १७:००:२२ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस देखिएको छ । मंगलबार एकै दिन देशभर २ सय ८८ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन देश भरमा २ सय ८८ संक्रमित थपिएका छन् । थपिए संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर २०९९ पुगेको छ । 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १ सय १८ जना संक्रमित पुष्टि भएको छ । भने पर्वत जिल्लामा ५ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै देशका ६१ वटा जिल्लामा संक्रमण पुगेको छ । 

धुलिखेलमा गरिएको परीक्षणमा ३८ जना संक्रमित भेटिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा १० जना संक्रमित भेटिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी रामगढका एकजनामा संक्रमण पुष्टि भएको छ । भने भेरी अस्पतालमा २० जनाको नमुना पोजेटिभ आएको छ । सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । 

हेटौंडाको परीक्षणमा बारा देवतालका एकजनामा कोरोना पुष्टि भएको छ । दाङमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन् । सेती अस्पतालमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top