होमपेज / समाज
सुर्खेत । सुर्खेत, सल्यान र अछाममा गरेर थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित हुनेहरुमा सुर्खेतका ११ जना, सल्यानका ९ र अछामका ९ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
सुर्खेतमा संक्रमित हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २÷२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएका मन्त्रालयले जानकारी दिएको ।