ट्रेण्डिङ

होमपेज / समाज

भारतसँगका विगतका असमान सन्धि–सम्झौता गर्न माग 

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १३:०७:५१ मा प्रकाशित

काठमाडौं । भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए ।

श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’ दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top