ट्रेण्डिङ

होमपेज / समाज

वीपी कोइराला प्रतिष्ठानका १८ जना कोरोना संक्रमित डिस्चार्ज 

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १२:०६:०३ मा प्रकाशित

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन भने अन्य सबै झापा जिल्लाका हुन ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको छ भने झापाका नागरिकहरुलाई बसमा पठाइएको छ । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन । ती सबै झापाका रहेको प्रतिष्ठानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top