ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुग्यो

नेपालगाथा २०७७ जेठ १९ गते सोमबार १८:३३:०७ मा प्रकाशित

सुर्खेत । सोमबार थप ३५ जनामा कोरोना संक्रमण देखिए संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ । थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९÷९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यक सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

उनीहरुको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।  हाल सम्म कर्णाली प्रदेशको दैलेखमा सबै भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ । दैलेखमा ९८, सुर्खेतमा ५०, सल्यानमा ४४, जुम्लामा १९, कालिकोटमा १८ र मुगुमा १ जनामा कोरोना देखिएको छ । यस्तै प्रदेश बाहिरका बाजुरा, अछाम र बझाङका गरी थप तिन जनामा कोरोना संक्रमण देखिएका छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top