होमपेज / समाज
सुर्खेत । गृह मन्त्रालयले कर्णाली प्रदेशका सुर्खेत, कालिकोट, हुम्ला सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ ।
सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह स्रोतले जनाएको छ ।
ति मध्ये सुर्खेत तत्कालिन प्रजिअ रमेश न्यौपाने पाल्पा सरुवा भएका छन् भने हिरालाल रेग्मी सुर्खेतमा सरुवा भएर आएका छन् । चन्द्रप्रसाद गैरे कालिकोट र चिरञ्जिवी गिरी हुम्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका हुन ।
यस्तै गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो ।