होमपेज / समाज
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रुकुम पश्चिममा भएको घटनाको अनुसन्धान गर्ने भएको छ । घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको जनाइएको छ ।
यस अघि जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका १९ जना साथीहरु स्थानीयको आक्रमणमा परेका थिए ।
आक्रमणबाट विकसहित ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । भने उनका १२ जना घाइते अवस्थामा रहेका छन् । पिडित पक्षको जाहेरी अनुसार हाल प्रहरीले केहि मानिसहरुलाई प्रक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।