होमपेज / समाज
सुर्खेत । कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण देखिए संगै संक्रमितको संख्या १ सय ९८ पुगेको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो ।
थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेका छन् । दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।