ट्रेण्डिङ

होमपेज / समाज

रुकुम घटनाको दोषीलाई कडा कारबाहीको माग गर्दै सुर्खेतमा प्रदर्शन 

नेपालगाथा २०७७ जेठ १९ गते सोमबार १२:५४:४४ मा प्रकाशित

सुर्खेत । पश्चिम रुकुमको चौरजहारी–४, सोतीमा भएको घटनाको दोषीलाई कडा कारबाहीको माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन भएको छ । सोमबार बिहान वीरेन्द्रनगरमा दलित अधिकारवादी तथा अन्य संघसंस्थाहरुले दोषिमाथि कडा कारबाहीको माग गरेका हुन । 

प्रदर्शन पछि कोणसभा गर्दै जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएकाले राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताएका थिए । 
कार्यक्रममा दलित अधिकारवादी खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । ‘प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, ‘दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top