ट्रेण्डिङ

होमपेज / समाज

बाँकेमा भएको दुर्घटना प्रति दुख व्यक्त 

नेपालगाथा २०७७ जेठ १९ गते सोमबार १२:३७:२३ मा प्रकाशित

सुर्खेत । गए रात्री पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा भएको यात्रु बाहक बस दुर्घटना प्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुख व्यक्त गरेका छन् । 

सोमबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्रविक्रम बुढाथोकीले एक शोक वक्तव्य जारी गर्दै कोभिड–१९ को महामारीका विचमा भारतवाट उद्धार गरी घर फर्काउने क्रममा ठुलो मानवीय क्षति स्तब्ध बनाएको बताएका छन् । 

मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन भएका सबैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहेका आफन्तजनहरुप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । 

वक्तव्यमा भनिएको छ । ‘अकल्पनीय र पिडादायी दुर्घटनाका कारण निधन तथा घाईते हुनु भएका अधिकाँश नागरिकहरु कर्णाली प्रदेशबासी रहेको र यसबाट सम्वन्धित घरपरिवारमा पर्न गएको दुखप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभुति प्रकट गर्नुभएको छ । साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’

‘माननीय मुख्यमन्त्रीज्यूले दुर्घटनामा घाईते हुनेहरुको भरपर्दो उपचार एवं मृतकहरुको शव घर सम्म पुरयाउने व्यवस्था मिलाउन पहल गरिएको भन्दै उपचारका लागि कुनै कमी हुन नदिईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।’ वक्तव्यमा उल्लेख गरिएको छ ।  दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top