ट्रेण्डिङ

होमपेज / समाज

बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकालाई कोरोना भएको पुष्टि

नेपालगाथा २०७७ जेठ १८ गते आइतबार १५:४२:३४ मा प्रकाशित

सुर्खेत । आइतबार बिहान जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । पुष्टि भए सँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका सहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो । जिल्ला अस्पतालका डाक्टर रूपचन्द्र विश्वकर्माका अनुसार मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो । क्वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो ।

आइतबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको थियो । डाक्टर विश्वकर्माका अनुसार ती बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top