होमपेज / समाज
सुर्खेत। केहि समय पहिले भारतबाट आएर जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा रहेकी एक बालिकाको मृत्यु भएको छ । भारतबाट आए पछि २ वर्षीया ती बालिकाको स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’
१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।
मृत्यु भए संगै बालिकाको पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको छ । परिक्षणको रिर्पोट आइतबार दिउँसोसम्म रिपोर्ट आउँने बताइएको छ ।