होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइर संक्रमितको संख्या १ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिए संगै यो संख्या बढेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हाल नयाँ संक्रमित सल्यान, कालिकोट र दैलेखका रहेका छन् ।
मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कालिकोटका १७ जना, सल्यानका २६ जना, दैलेखका १५ र सुदुरपश्चिम प्रदेशको बाजुराका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कर्णालीमा दैलेख र सुर्खेतका गरी ४६ जनामा कोरोना संक्रमण देखिएको थियो । बाजुरा र बझाङका एक÷एक जना सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको हो ।