होमपेज / समाज
सुर्खेत । क्वारेन्टिनमा आज (शनिबार) बिहान मृत्यु भएका दैलेखका एक युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको आज बिहान अकस्मात् मृत्यु भएको थियो । नगर प्रमुख घनश्याम भण्डारीले मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
उनी ७९ जना साथीहरु सहित १० दिन अघि मात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।