होमपेज / समाज
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको बताए ।
जसमा कपिलवस्तुमा १ सय ९, सर्लाहीमा १७, दैलेखका १४ जना, सिरहामा ११, सप्तरीकामा ९, धनुषामा ७ र रौतहटमा ६ जनामा कारोना संक्रमण देखिएको छ ।
यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासभामा २, झापामा १, ललितपुर १ र बारामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कुल संक्रमित मध्ये हाल सम्म २ सय १९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।