ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टिनमा बसेका दैलेखका एक युवकको मृत्यु

नेपालगाथा २०७७ जेठ १७ गते शनिबार १३:२५:०१ मा प्रकाशित

दैलेख । क्वारेन्टिनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको हो । ३५ वर्षीय ती युवाको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले बताइन् । 

भारतदेखि आएका कारण उनी सहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको दुल्लु नगरपालिकाले जनाएको छ ।

गत जेठ १५ गते युवाको कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज (शनिबार) आउने नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top