ट्रेण्डिङ

होमपेज / समाज

दैलेखका थप १४ जनामा कोरोना, कर्णालीमा कोरोना संक्रमित ६० पुगे 

नेपालगाथा २०७७ जेठ १७ गते शनिबार १२:५४:२३ मा प्रकाशित

दैलेख । दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यस दैलेख र सुर्खेतमा गरेर ४६ जनामा कोरोना संक्रमित भेटिएका थिए । थप संक्रमित १८ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । 

कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का तीन, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का दुई, वडा नम्बर ९ का दुई, वडा नम्बर १० का दुई र वडा नम्बर ११ का दुईजना रहेका छन् । 

प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यस अघि दैलेखका १६ जनामा कोरोना संक्रमिमण पुष्टि भैसकेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top