ट्रेण्डिङ

होमपेज / समाज

देशभर १ लाख मानिस क्वारेन्टिनमा

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १८:५०:०३ मा प्रकाशित

काठमाडौं । देशभर कोरोना भाइरुस कोभिड १९ को संक्रमणको जोखिममा रहेका १ लाख मानिसलाई क्वारेन्टिनमा राखिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न क्षेत्रमा क्वारेन्टिनमा रहेका जानकारी दिएको छ । 

भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो । सबै भन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top