ट्रेण्डिङ

होमपेज / समाज

थप १ सय ७० जनामा कोरोना, संक्रमितको संख्या १२ सय १२ पुग्यो 

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १६:४७:४८ मा प्रकाशित

काठमाडौँ । शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिए संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिएको हो । 

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिए ।  संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top